खड्गकाली मा.वि.मा नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न
श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जा मा २०८२ भदौ १३ गते शुक्रबार बालक्लबको आयोजनामा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि श्रुतिलेखन र कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि 'मोबाइलको प्रयोग: हानिकारक वा उपयोगी' शीर्षकमा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रधानाध्यापकहरू राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो भने अन्य शिक्षकहरू अतिथिका रूपमा रहेका थिए।
कक्षा १-५ को श्रुतिलेखन प्रतियोगिता शिक्षकहरू संगीता पौडेल, प्रतिमा मुराव, शान्ति गुरुङ, भूमिका थापा, पवन गैह्रे र अभिषेक अधिकारी लगायतको सहजीकरणमा सञ्चालन भएको थियो। त्यसैगरी, वादविवाद प्रतियोगितामा निर्णायकको रूपमा शिक्षकहरू शिव गिरी, विष्णु पौडेल, र भूमिका थापा रहनुभएको थियो।
कक्षा १-५ को श्रुती लेखन प्रतियोगितामा कक्षा १ बाट पवन वि.क., कक्षा २ बाट सनिशा शाल्मी, कक्षा ३ बाट वर्षा खाँण र विश्वास वि.क., कक्षा ४ बाट विश्व गुरुङ एवम् कक्षा ५ बाट रोशनी खाँण प्रथम हुन सफल भएका छन् ।
यसैगरी, कक्षा ६-१० को वादविवाद प्रतियोगितामा अन्तरसदनात्मक वादविवाद प्रतियोगितामा प्रथम कंचनजङ्घा सदनका परि क्षेत्री र दिवन रनपाल भएका छन् । द्वितीय मनास्लु सदनका इस्मी मल्ल र हिमानी खाँण भएका छन् भने तृतीय अन्नपूर्ण सदनका मेलिना हिताङ र दिप्सन थापा तथा चतुर्थ माछापुच्छ्रे सदनका सलिना के.सी. र रोशन क्षेत्री भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँणले सहभागी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै मोबाइल फोनको सही प्रयोग र त्यसको दुरुपयोगले हुने फाइदा र बेफाइदाको बारेमा प्रस्ट्याउनुभयो।